क्यालिफोर्निया, अमेरिका,२२ साउन। नेपाली कांग्रेस क्यालिफोर्निया प्रदेश अन्तर्गत दाङ-क्यालिफोर्निया जनसम्पर्क समितिको औपचारिक रूपमा गठन गरिएको छ।
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्को सहरमा बेग बहादुर हमाल (सुरेश) को सभापतित्व तथा नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकर प्रसाद डाँगीको प्रमुख आतिथ्यमा सम्पन्न एक भेलाले १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। दाङ-क्यालिफोर्निया जनसम्पर्क समितिको अध्यक्षमा डिल्ली राज रेग्मी चयन भएका छन ।
रेग्मीको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष: सुनिल अधिकारी,महासचिव: रबिन भण्डारी, कोषाध्यक्ष: देव बहादुर वली, सह-सचिव: धुर्व विश्वकर्मा, सह-कोषाध्यक्ष: खुम बहादुर खड्का, सदस्यहरू: गिरिराज बुढाथोकी, दुर्गा घर्ती, शंकर खड्का, जित बहादुर पुनार, कुशल राना, महेन्द्र केसी, सन्तोष गिरी, दीपक केसी रहेका छन । समितिमा थप एक उपाध्यक्ष, र केही सदस्यहरू पछि थप गर्न गरिने छ।
समितिलाई आवश्यक सल्लाह र सुझाव दिनका लागि ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ:बेग बहादुर हमाल (सुरेश), बल बहादुर केसी, युवराज कँडेल,.रुकप्रसाद पुलामी रहेका छन । बैठकले नवगठित समितिलाई नेपाली कांग्रेसको विधान र परिधिभित्र रही संगठन निर्माण तथा सुदृढीकरणमा लाग्न आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस