after_navbar

सरकार अराजक ढंगले बढेको छ: सभापति थापा


१ घण्टा अगाडि


काठमाडौ,२२ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार अराजक शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्।

शुक्रबार पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैली र मन्त्रीहरूको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए।

उनले कानुनभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै मन्त्री र सांसदका उत्तेजक तथा धम्कीपूर्ण अभिव्यक्तिले विधिको शासनमाथि चुनौती सिर्जना गरेको बताए।

“सरकारमा प्रचण्ड बहुमतको अहंकार देखिएको छ, जसले शासकीय अराजकता बढाएको छ,” उनले भने, “मुख्य नेतृत्वको कार्यशैली नै अराजक हुँदा त्यसको प्रभाव तल्लो तहसम्म पुगेको छ र नागरिकमा आक्रोश बढेको छ।”

थापाले विभिन्न माग राखेर आन्दोलनरत पक्षसँग सरकारले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाए।

उनले जनताका समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोपसमेत लगाए।

प्रतिक्रिया दिनुहोस

data-href="