after_navbar

श्रीमानले लगाइदिए पेट्रोल छर्किएर श्रीमतीको शरीरमा आगो


७ घण्टा अगाडि


सुर्खेत,२७ साउन। सुर्खेतमा एक पुरुषले श्रीमतीमाथि पेट्रोल छर्किएर आगो लगाइदिँदा एक महिला घाइते भएकी छन्। सुर्खेतको भेरीगंगा नगरपालिका-१३ रामघाटमा श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिएका हुन्।

मंगलबार साँझ करिब ५ बजे ४९ वर्षीय जयबहादुर रानाले आफ्नी ५० वर्षीया श्रीमती महेश्वरी रानाको शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।

आगो लागेपछि उनकी छोरी पुष्पा रानाले आगो निभाएर महेश्वरीलाई उपचारका लागि सुर्खेत ल्याएकी थिइन्। उनको अनुहार, घाँटी तथा शरीरका विभिन्न भागमा करिब ३५ देखि ३६ प्रतिशतसम्म जलेको छ।

सुर्खेतमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले जयबहादुरलाई नियन्त्रणमा लिए पनि उनीसमेत प्रदेश अस्पताल कालागाउँमा उपचाररत छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="