after_navbar

सवारी दुर्घटना हुँदा ३ जना घाइते


माघ २०, २०८०


दाङ,२० माघ । दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । शनिबार बिहान तुलसीपुर ६ भ्याली भ्यु होटेल अगाडी ज्ञानज्योती स्कुलबाट आउदै गरेको रा ५ प ३५१७ नम्बरको मोटरसाइकल र बिपरित दिशातर्फ गइरहेको १ प १६२० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए ।

ad

घाइते हुनेहरुमा रा ५ प ३५१७ नम्बरको चालक तुलसीपुर ६ बरुवा गाउ बस्ने १६ वर्षीय विश्वास रणपाल र रा १ प १६२० नम्बरको चालक सोही वडा ५ बस्ने १६ बर्षिय सन्तोष बिक रहेका छन् ।

यसैबिच शनिवार विहान तुलसीपुर ८ अश्वारस्थित रगैचाबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ६ प ११९४ नम्बरको मोटरसाइकल आफै अनियंत्रित भएर दुर्घटना हुँदा दगीशरण ७ बाका बस्ने १७ वर्षिय रमित केसी रहेका छन् ।

घाइते भएका तिनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । घाइते विकको सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने अन्यको उपचार भैरहेको छ ।

त्यस्तै घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="