दाङ,२५फागुन। दाङको घोराही उपमहानगरपालिका-१५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमीले काठका भाडा खरिद गरेको छ। एकेडेमीले राउटे समुदायले बनाएका भाडाकुडा खरिद गरेको हो ।
समाज संग गुरुकुल भन्ने हेतुका साथ दैलेखको गुँरास गाँउपालीकामा बसोबास गर्ने राउटे समुदायले काठबाट बनाएका बिभिन्न प्रकारका भाडा खरीद गरेको बिद्यालयका प्रधानाध्यापक डा। कृष्णराज डिसिले बताए।
केहि समय पहिले कर्णाली प्रदेशबाट आर्थिक सहयोग माग्न भनि विद्यालयमा आएका उक्त समुदायलाइ विद्यालयले यश अघि आर्थिक सहयोग गरेको थियो ।
सहयोगको अपेक्षा सहित हिड्डुल गर्ने समुदाय अहिले आर्थिक क्रियाकलाप जोडिएको भन्दै उनीहरुको श्रमको सम्मानका लागि विद्यालयले उनिहरुले निर्माण गरेका भाडाहरु खरिद गरेको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताए।
उनिहरुले बनाएको भाँडा गुरुकुल एकेडेमीले खरीद गर्दा एकातिर राउटे समुदाहरुको आर्थिक आयआर्जन हुने र अर्को तिर विद्यालयका विद्यार्थिहरुलाई यस्ता भाँडा सम्बन्धि जानकारी मुलक ज्ञान दिन पाइने घिमिरेले बताए ।
काठबाट बनेका बिभिन्न किसिमका भाँडा जस्तै बाकस, ढकनि सहतिका कोसि , पिर्का लगायतका भाँडाहरु जम्मा ५८हजार २ सय ५० मा खरिद गरेको छ।
जंगलको राजा मानिने १सय ४६ जना राउटेहरु कार्णालि प्रदेशको सुर्खेत र दैलेखमा बसोबास गर्दै आएका छन । उनिहरुले राज्यबाट पाउने भत्ता पनि केहि महिनाबाट पाएका छैनन जसले गर्दा उनिहरुलाई दैनिक जिविकोपार्जनमा समस्या हुदै आएको छ त्यसैले गुरुकुल एकेडेमीले उनिहरुको भाँडा खरीद गरी सहयोग गरेको हो ।
समाजसंग गुरुकुल भन्ने नाराका साथ गुरुकुल एकेडमीले बिभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस