बर्दिया,२२ जेठ । बर्दियामा नुहाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मधुबन नगरपालिका- ७ भन्सार टोल बस्ने मनोज कणर्को छोरा १४ वर्षीय आयुश कणर्को करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै घर पछाडि रहेको सिँचाइ गर्नको लागि बनाएको बोरिङमा मोटर जडान गरी नुहाउने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस