after_navbar

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


जेठ २८, २०८१


कास्की,२८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ३१ सांसदको मत परेको थियो । विपक्षमा २८ मत परेको छ ।

ad


उनलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले मत दिएका हुन् ।

आजको मतदान प्रक्रियामा ५९ सांसद उपस्थित थिए । यससँगै संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="