दाङ,२८ जेठ । बोलेरो गाडी चोरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रुकुम पश्चिमका एक युवकलाई बोलेरो गाडी सहित प्रहरीले बाँकेमा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका – ४ का ललित मल्ल रहेका छन् । उनलाई प्रहरीले सवारी चेकजाँचका क्रममा पक्राउ गरेको हो।
जेठ २६ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – १८ मा चेकजाँचका क्रममा प्रहरीले मल्ललाई चोरीको बोलेरो गाडीसहित पक्राउ गरेको थियो ।
अनुसन्धानबाट गाडी चोरीको भन्ने खुलेपछि थप कारबाहीका लागि भन्सार कार्यालय बाँकेमा पठाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।
उनले सहकारी ठगीमा विभिन्न जिल्लामा जाहेरी परेको अभियोगपत्रमा समेत नाम उल्लेख भएका व्यक्तिको हकमा यसरी पत्र लेख्नु गैरकानुनी र गैरसंवैधानिक हुने जिकिरसहित रिट पेश भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस