after_navbar

लागु औषधविरुद्धको सचेतनात्मक कार्यक्रम


जेठ ३०, २०८१


दाङ , ३०जेठ ।
तुलसीपुरमा रहेको दिव्य कुञ्ज एकेडेमीमा लागु औषध विरुद्धको सचेतनात्मक कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ईलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजना र दिव्य कुञ्ज एकेडेमीको सहकार्यका लागि उक्त कार्यक्रम गरिएको हो।

विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक भरत नाथ योगीले विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसनी विरुद्ध बनेका कानुनी प्रावधानका बारेमा जानकारी गराएका थिए।

उनले लागु औषध भनेको के हो ? बालबालिकाहरुलाई यसमा कसरी प्रयोग गरिन्छ र फसाइन्छ ? भन्ने विषयमा पशिक्षण दिएका थिए । यसका साथै लागु औषध दुव्र्यसनीले शारिरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा पर्ने असर र न्युनीकरणका बारेमा समेत जानकारी दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक अधिकारीले विद्यालयसंग सहकार्य गरेको प्रति ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई धन्यवाद प्रकट गरेका थिए । बालबालिकाहरुलाई सचेतीकरण गर्दै लैजानु विद्यालयको प्रमुख जिम्मेवारी रहेको भन्दै आगामी दिनमा यस्ता खाले कार्यक्रमहरुलाई सञ्चालन गर्दै लैजाने उनको प्रतिवद्धता समेत रहेको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ६ देखी १० सम्मका छात्रछात्राहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक पूर्ण केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="