काठमाडौं,१३ असार। नेपाली चलचित्र ‘भागदौड’को शुभमुहुर्त गरिएको छ। बिहीबार ललितपुरको बुङमतीमा गरिएको मुहूर्तमा चलचित्र युनिट सहभागि थियो।
हिमाल उप्रेतीको लेखन तथा निर्देशन यस चलचित्रमा महिला सशक्तीकरणको मुद्दालाई उठान गरिने बताइएको छ।
यस चलचित्रमा विशाल पोखरेल, देशभक्त खनाल, लक्ष्मी गिरी, शेखर चापागाईँ, शङ्कर महर्जन, घनश्याम जोशी, अनिशा श्रेष्ठ, शारदा राई र सुवास तिमल्सिनाले अभिनय गर्दैछन्।
चलचित्रलाई सुप्रिम म्युजिक एण्ड फिल्मस प्रा.लि. तथा ओडिसी पिक्चर्स प्रा.लि.को ब्यानरमा बन्ने यस चलचित्रका निर्माता विश्वराम विष्ट हुन् भने कार्यकारी निर्माता डिल कुमारी नेपाल हुन्। छायाङ्कन दीपक बज्राचार्यको, सम्पादन प्रवीण ढकालको तथा सङ्गीत प्रकाश नेपाली र वसन्त सापकोटाको रहने छ।
प्रतिक्रिया दिनुहोस