after_navbar

ससुराको गोठमा आगजनी गर्ने बुहारी पक्राउ


असार १७, २०८१


दाङ,१६ असार। दाङको बङलाचुली गाउँपालिका–५ मा ससुराको गोठमा आगजनी गर्ने बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गर्ने उनकी बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

ad

घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको काँटी सल्काई गोठको छानामा फाल्दा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कमिरेचौरले जनाएको छ ।

आगलागीबाट ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="