after_navbar

गुडीरहेको अटोबाट खस्दा एकजनाको मृत्यु


असार १७, २०८१


दाङ,१६ असार । दाङमा गुडीरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

ad

खैरा कोठरी सडकखण्डको घोराही ९ अस्पारामा गुडीरहेको अटोबाट खस्दा घोराही १० नारायणपुरका ६० वर्षका वसन्तबहादुर घर्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ ।


खैराबाट कोठरी जाँदै गरेको रा १ ह ५०८८ नम्बरको अटोबाट खसेर घाइते घर्तिको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="