पोखरा,८ कार्तिक । सहकारीको रकम अपचलन संगठित अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई अदालत लगिएको छ।
म्याद थपका लागि केहीबेर अघि यी दुईलाई जिल्ला अदालत कास्की पुर्याइएको हो।लामिछाने गत शुक्रबार र छवि असोज ६ गते काठमाडौँबाट पकाउ परेका हुन्।
पोखराको सूर्यदर्शन सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा गोरखा मिडिया नेटवर्कमा लगेको संसदीय विशेष समितिले ठहर गरेपछि अनुसन्धानका लागि पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस