after_navbar

ज्ञान ज्योति लिटिल स्टार च्याम्पियनसिप आजबाट सुरु


मङि्सर २०, २०८१


दाङ,२० मंसिर । दाङको बेलझुण्डी रङ्गशालामा बिहिबारबाट लिटिल स्टार च्याम्पियनसिप सिजन -२ सुरु भएको छ। ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा ज्ञान ज्योति फाउन्डेसन अन्तर्गत रहेका नौ वटा विद्यालयहरूको सहभागितामा उक्त च्याम्पियनसिप सुरु भएको हो।

बिहिबार ज्ञान ज्योति फाउन्डेसनका अध्यक्ष टिका बहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम उद्घाटन गरिएको हो। कार्यक्रममा ज्ञानज्योति एजुकेसन फाउन्डेसनका सीइओ सुरेन्द्र जिसी र संस्कार पाठशाला दाङका म्यानेजिङ डाइरेक्टर दिप बस्नेतको विशेष आतिथ्यता रहेको थियो।

फाउन्डेसन अन्तर्गत रहेका नौ वटा विद्यालयमा अध्ययन गर्ने कक्षा युकेजीका ६६८ छात्र छात्राहरुले प्रतियोगितामा सहभागी जनाउने छन् ।

विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभई शारीरिक मानसिक र नैतिक विकासका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक राकेश डाँगीले जानकारी दिए ।

कार्यक्रममा जुम्बा, योग, सूर्य नमस्कार, नृत्य, पि.टि, मार्च पास्टका साथै २४ वटा विविध खेलको आयोजना गरिनेछ । उद्घाटन कार्यक्रमको सञ्चालन सरिता खनाल र रितु जिसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="