after_navbar

तुलसीपुरका पूर्व मेयर लामिछानेलाई पत्नी शोक


पुष २२, २०८१


दाङ,२२ पुस। तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर झुण्डीराज लामिछानेलाई पत्नी शोक परेको छ।

पूर्व मेयर लामिछानेकी धर्मपत्नी तारा लामिछानेको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामिछाने कि धर्मपत्नी ताराको आइतबार राति काठमाडौँ स्थित मेडिसिरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

तारा लामिछानेको निधन मुटु रोगका कारण भएको बताइएको छ। पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि आज दिउँसो १ बजे तुलसीपुरको सितलपुरस्थित आर्यघाटमा गरिनेछ।

प्रतिक्रिया दिनुहोस

data-href="