after_navbar

प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता हुँदै


माघ ०७, २०८१


दाङ,७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सन्चालन भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं ६ को आयोजना तथा तुलसीपुर युथ्स क्लब अफ तुलसीपुर र मदन भण्डारी युथ क्लबको सहकार्यमा उक्त प्रतियोगिता सन्चालन हुने भएको हो।

माघ १९ गतेदेखि सुरु हुने प्रतियोगिता अरनीको खेल मैदानमा आयोजना हुने प्रतियोगिताका मुल आयोजक समितीका संयोजक एवं वडा नं ६ का वडा अध्यक्ष दुजमान भण्डारीले जानकारी दिए।

सोमबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारीबारे जानकारी गराउदै उनले १९ वटै वडाका खेलाडीहरुको सहभागिता सुनिश्चित गर्ने गरि प्रतियोगिता सन्चालन गर्न लागिएको बताए। उनले यस प्रतियोगितामा उत्कृष्ट हुनेले सर्वाधिक राशीको पुरस्कार प्राप्त गर्ने जानकारी दिए

प्रतियोगिता सामाजिक उत्तरदायित्वसहित खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए।

उनका अनुसार प्रतियोगितामा डिजिटल स्कोर बोर्ड राखिनेछ भने खेलाडीहरुलाई थप प्रोत्साहन प्रदान गर्न विभिन्न संस्थाहरुसँग समन्वय गरिने छ।

प्रतियोगिताको अनुमानित खर्च १६ लाख २९ हजार २सय ८२ रुपैयाँ अनुमान गरिएको उनले अताए । प्रतियोगिताको लागि ज्ञानज्योति फाउन्डेसनले खेलाडीका लागि जर्सीमा ७० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।

प्रतियोगिता माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ। विजेता र उपविजेतालाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा प्रथम हुनेले २ लाख ६६ हजार ६ सय ६६ रुपैयाँसहित चादिको कप,मेडल र प्रमाणपत्र पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । उपविजेताले १ लाख ६५ हजार ६ सय ६६ रुपैयाँ सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक भण्डारीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="