दाङ, ८ माघ । दाङको तुलसीपुरमा सञ्चालन भएको तेस्रो वडाध्यक्ष कप २०८१ कपको अपाधि रोयल रानागाउँ (बी)ले प्राप्त गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को आयोजनामा भएको प्रतियोगितामा १० वटा क्लबहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागि क्लबहरूको प्रतिस्पर्धा पछि रोयल रानागाउँ ९बि० ले प्रथम स्थान हासिल गर्दै नगद ४० हजार, कप, मेडल र प्रमाणपत्र जित्न सफल भएको हो।
समापन कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव तिरण गौतम प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले तुलसीपुर वडा नम्बर ३ स्थित शुकिदह खेल मैदानको विस्तारको आवश्यकता औंल्याए। प्रतियोगिता अन्तर्गत दोस्रो स्थानमा रहेको सुनौलो बिहानी युवा क्लबले २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तृतिय स्थानमा रहेको टाइगर युवा क्लबले १५ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति पनि भएको थियो। जसमा आमा समूहलाई सम्मानित गरियो, जसले खेल प्रतियोगितालाई सफल बनाउन योगदान दिएका थिए। कार्यक्रमको सहजीकरण वडासदस्य राजेन्द्र कुमार गुरुङले गरेका थिए।यो प्रतियोगिता ३ माघमा शुरु भएको थियो र रानागाउँमा सुकिदह खेल मैदानमा आयोजना गरिएको थियो।
प्रतिक्रिया दिनुहोस