दाङ २ फागुन। दाङको तुलसीपुरमा दोस्रो कृषि सांस्कृतिक तथा व्यापारिक महोत्सव -२०८१ जारी रहेको छ। फागुन १ गतेदेखि सुरु भएको महोत्सवको दोस्रो दिन शुक्रबार गायीका टिका सानु र गायक कमल बिसी( माइलाले) आफ्नो प्रस्तुति राखेका थिए।
गायिका टिका सानुले लैजाउ माया घुमाउन बम्बई, घाँसी काटौँ खोली दोबान लगायतका गीतहरू गाएकी थिइन्।
उनको गीत र संगीतमा दर्शकहरू नाच्ने, गाउने र उनीसँगै रमाएका थिए।
झम्क्कै साँझ परुन्जेलसम्म पनि दर्शकहरूले उनलाई साथ दिइरहेका थिए।उनले आफ्ना प्रस्तुतिहरुमा लोक संगीत र आधुनिक धुनको समागम गरिन्।
उनको प्रस्तुतिले उत्साही दर्शकलाई गीतसँगै नाच्नको लागि उत्साहित बनाएको थियो।
शनिबार आस्था राउत आउँदै: यसैबीच शनिबार महोत्सवमा चर्चित गायिका आस्था रावत आउन लागेकी छिन्। चौबन्दीमा पचुकी बाँध्या छैन बोलको गीतबाट चौतर्फी चर्चामा पुगेकी रावतले शनिबार तुलसीपुरमा सञ्चालन भएको दोस्रो कृषि पर्यटन तथा व्यापारिक महोत्सवमा आफ्नो प्रस्तुति राख्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ। फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सव फागुन १६ गतेसम्म चल्नेछ।
महोत्सवमा विभिन्न स्थानीय उत्पादन, कृषि, हस्तकला, परम्परागत परिकार, तथा पर्यटन प्रवर्द्धनका स्टलहरू राखिएका छन्। जसमा सांस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनी, तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रमहरू समावेश छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस