वासिङटन डिसी । अमेरिकामा ट्रम्प प्रशासनले ठूलो संख्यामा युएसएआईडीका कर्मचारीहरूलाई बर्खास्त गरेको छ। साथै, थुप्रै कर्मचारीहरूलाई बिदामा बस्न बाध्य पारिएको बिबिसी समाचारमा उल्लेख छ।
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) अन्तर्गत ४२ सय कर्मचारीलाई बिदा दिइएको छ भने कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरिएको छ। बीबीसी समाचारका अनुसार, प्रशासनले संघीय कर्मचारीहरूको संख्या घटाउने नीति अवलम्बन गर्दै आएको छ।
यद्यपि, बर्खास्त गरिएका कर्मचारीहरूमध्ये कतिलाई पुन: नियुक्त गरिनेछ भन्ने स्पष्ट पारिएको छैन। ट्रम्प प्रशासनले सरकारी खर्च कटौती गर्ने उद्देश्यले एलोन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (DODGE) योजना अन्तर्गत संघीय कर्मचारी सङ्ख्या घटाउने प्रयास गरिरहेको बताइएको छ।
सन् १९६१ मा स्थापना भएको युएसएआईडीमा पछिल्लो समय कर्मचारी कटौती हुनुअघि करिब १०हजार कर्मचारी कार्यरत थिए। संघीय बजेट कटौतीको प्रभावस्वरूप, यो संस्था पनि प्रभावित बनेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस