काठमाडौं,१२ जेठ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज चीनको राजधानी बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय संवाद कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दैछिन।
गत शनिबार राति प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको आइतबार बिहान बेइजिङमा सरकार प्रमुख सरह भव्य स्वागत गरिएको थियो।
१० दिने भ्रमणका क्रममा उनले सोमबार र शुक्रबार दुई वटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। आजको कार्यक्रम चीनका विभिन्न छिमेकी राष्ट्रहरूबाट आएका राजनीतिक दलका प्रतिनिधिहरूबीच संवादका लागि आयोजना गरिएको हो।
सो कार्यक्रममा भण्डारीले प्रमुख अतिथि भएर बेइजिङको स्थानीय समयअनुसार सोमबार बिहान मन्तव्य दिनेछिन ।
यस्तै, आउँदो शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रममा समेत उनले प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ।
प्रतिक्रिया दिनुहोस