काठमाडौं,३० जेठ । एयर इन्डियाको एउटा विमान थाइल्यान्डमा आपतकालीन अवतरण गरेको छ।
थाइल्यान्डको फुकेटबाट दिल्लीका लागि शुक्रबार बिहान उडेको विमान आपतकालीन अवतरण गरेको हो । विमानमा बम रहेको जानकारी आएपछि उतै आपत्कालीन अवतरण गर्नुपरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार १५६ जना सवार उडान नम्बर एआई-३७९ विमान शुक्रबार बिहान आपत्कालीन अवतरण गरिएको हो।
बमको धम्की कसले किन दियो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। अवतरणलगत्तै सबै यात्रुलाई ओरालिएको थियो।
बिहीबार मात्र एयर इन्डियाकै विमान भारतकै अहमदाबादमा दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो
प्रतिक्रिया दिनुहोस