after_navbar

बस र ट्रक ठोक्किँदा १८ जना बोलबम तीर्थयात्रीको मृत्यु


श्रावण १४, २०८२


काठमाडौँ, १३ साउन । भारतको झारखण्डस्थित देवघरमा तीर्थयात्री बोकेको बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा १८ जना कावाँरिया (बोलबम भक्त) को मृत्यु भएको छ। भारतीय जनता पार्टी (भाजपा) का सांसद निशिकान्त दुबेले घटनामा १८ जनाको मृत्यु पुष्टि गरेका छन्।

ad

देवघर–वासुकिनाथ मुख्य सडकको जमुनिया चौक नजिकै दुर्घटना भएको हो। ‘बोल बम’को जयकार गर्दै बाबा बैद्यनाथधामतर्फ गइरहेका तीर्थयात्रीहरू सवार बस ट्रकसँग ठोक्किएपछि घटनास्थलमै शोकको वातावरण छाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा दर्जनौँ भक्तजनहरू घाइते भएका छन्। केही अन्य स्रोतहरूले ६ जनाको मृत्यु र ३० भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

प्रशासनले तत्काल उद्धार तथा राहत कार्य सुरु गरिसकेको छ भने घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="