दाङ , १३ साउन । रक्तसञ्चार दिवसको अवसरमा दाङको हिमाल एकेडेमीले रक्तदान कार्यक्रम गरेको छ।
६०औं रक्तसञ्चार दिवसको अवसरमा हिमाल एकेडेमी, तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । दाङ रेडक्रसको प्रविधिक सहयोगमा सञ्चालित कार्यक्रममा शिक्षक र विद्यार्थी गरी ४६ जनाले रक्तदान गरेकाछन ।
कार्यक्रम ‘रक्तदान तथा रक्तदाता उत्प्रेरणा’ अभियान अन्तर्गत साताव्यापी रूपमा लमही, घोराही र तुलसीपुर क्षेत्रका विद्यालय र क्याम्पसहरूमा सञ्चालन गरिएको थियो। अन्ततः समापन हिमाल एकेडेमीमा गरिएको हो ।
“रगतको अभावमा कोही मर्न नपरोस् भन्ने सोचले हामीले विद्यालयमै रक्तदानको संस्कृति बसाल्दै आएका छौं,”
भन्दै प्रधानाध्यापक मधुसूदन केसीले प्रत्येक वर्ष दुईपटक रक्तदान गर्दै आएको स्मरण गराए।कार्यक्रममा दाङ रेडक्रसका उपसभापति हरिहर पौडेलले यसपटकको आयोजनालाई “पहिलाभन्दा फरक ढंगमा, थप उपलब्धिमूलक बनेको” टिप्पणी गरे।
रक्तदान कार्यक्रममा विद्यालयका प्रमुख नवीन पराजुली, रेडक्रसका कुशल तर्ताल बिमल ओली, सुस्मा भण्डारी लगायतको उपस्थिति थियो। रगतको कमी आज नभए पनि भोलि हुन सक्छ। तर, यस्तो अग्रसरताले समाजमा सचेतना मात्रै होइन, जीवनको रक्षा पनि सम्भव हुन्छ।
प्रतिक्रिया दिनुहोस