after_navbar

उत्तराखण्डको बाढीमा १७ नेपाली बेपत्ता: प्रधानमन्त्रीद्धारा दुःख व्यक्त


श्रावण २४, २०८२


काठमाडौँ , २३ साउन l भारतको उत्तराखण्ड राज्यमा हालैका दिनमा भएको अविरल वर्षासँगै आएको भीषण बाढी र पहिरोका कारण १७ जना नेपाली नागरिक बेपत्ता भएका छन्। घटनाप्रति नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै छिमेकी मित्रराष्ट्र भारतमा आएको प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको खबरले आफू अत्यन्त दुःखी र चिन्तित भएको बताएका छन्।

उनले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेका छन्। साथै, उनले प्रारम्भिक विवरणअनुसार घटनामा १७ जना नेपालीहरू बेपत्ता भएको जानकारी दिँदै भारतस्थित नेपाली दूतावासमार्फत उद्धार तथा खोजी कार्यका लागि आवश्यक कूटनीतिक पहल सुरु गरिएको बताएका छन्।

भारतका विभिन्न सञ्चारमाध्यमहरूका अनुसार उत्तराखण्डमा हालैको निरन्तर वर्षासँगै विभिन्न स्थानमा बाढी र पहिरोले सडक, पुल, बस्ती र अन्य संरचनामा क्षति पुर्‍याएको छ। घटनास्थलमा भारतीय सुरक्षाकर्मी र उद्धार टोली परिचालित छन् भने उद्दार कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="