after_navbar

दाङमा बलात्कार कसुरमा १२ वर्ष कैद


श्रावण ३०, २०८२


दाङ, २९ साउन । दाङमा बालिका बलात्कारको मुद्दामा एक युवकलाई १२ वर्ष कैद सजाय तोकिएको छ।

दाङ जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको इजलासले दंगिशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली भनिने दिलीप बिकलाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सजाय तोकेको हो।

अदालतले बिकलाई पाँच लाख रुपैयाँ जरिवाना, पीडितलाई ३० हजार क्षतिपूर्ति र २० हजार रुपैयाँ राहत कोषमा जम्मा गर्न आदेश दिएको छ।

अदालतका श्रेष्तेदार दामोदर घिमिरेका अनुसार २०८१ साल बैशाख ६ गते बालिकामाथि बलात्कार भएको उजुरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा परेको थियो। प्रहरीको अनुसन्धानपछि जेठ ५ गते बिकलाई पक्राउ गरी जेठ २९ गते जबरजस्ती करणी मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया दिनुहोस

data-href="