after_navbar

अफगानिस्तान भूकम्पः मृत्यु हुनेको सँख्या २२ सय बढी


भदौ २०, २०८२


काठमाडौँ,२० भदौ । अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सँख्या २२ सय बढी पुगेको छ । गत आइतबार मध्येरातमा पाकिस्तानसँग सिमा जोडिएको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको थियो।

ad

बिहीबारसम्म मृत्यु हुनेको संख्या २ हजार २०५ पुगेको तालिबानी सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। घाइतेहरूको संख्या ३ हजार ५ सय नाघेको छ। तीमध्ये धेरै जना गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ।

६ म्याग्निच्युडको भूकम्पपछि पनि पराकम्पनहरू आइरहेका छन्। दुईपटकसम्म ५ म्याग्निच्यूडभन्दा बढी तीव्रताका भूकम्प गइसकेको छ।

बिहीबार राति ८:५६ बजे ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। सो पराकम्पनबाट थप मानिसको मृत्यु भएको रिपोर्ट आएको छैन। यद्यपि कुनार र नांगरहर क्षेत्रका मानिसहरू सेल्टरबाट बाहिर निस्किएका थिए।

यसअघि मंगलबार पनि ५.५ म्याग्निच्युडको पराकम्प आएको थियो। उक्त पराकम्पनले राहत र उद्धार कार्य प्रभावित भएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="