काठमाडौं,२८ भदौ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको दोहोर्याउँदै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मोदीले कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेको अवसरमा शुभकामना दिँदै भनेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकामा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।”
मोदीले आफ्नो सन्देशमार्फत दुवै मुलुकबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास पनि व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस