after_navbar

गाजा शहरमा इजरायलको बमबारी


भदौ ३१, २०८२



काठमाडौँ,३१ भदौ । गाजा शहरमा इजरायलले भारी बमबारी गरेको छ । मिडिया रिपोर्टहरूले इजरायली सेनाले सम्पूर्ण शहर कब्जा गर्न स्थलगत कारबाही सुरु गरेको दाबी गरेका छन् ।

ad

मध्य गाजाबाट पनि इजरायली आक्रमणको रिपोर्ट आएको छ । यी आक्रमणहरू त्यही दिशामा भएका छन् जहाँ हजारौं मानिसहरू भागिरहेका छन् । प्यालेस्टिनी अधिकारीहरूले मृतक र घाइतेहरूको संख्या निरन्तर बढिरहेको बताएका छन् ।

यी आक्रमणहरू सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलमको भ्रमणको क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अमेरिकाको ‘अटल समर्थन’ को आश्वासन दिएका बेला भएका छन् ।

मंगलबार बिहान इजरायली रक्षामन्त्री इजरायल काट्जले एक्समा लेखे, ुगाजा जलिरहेको छ ।स उनले चेतावनी दिए कि इजरायल ुमिशन पूरा नभएसम्म पछि हट्ने छैन ।ु

गाजाका स्थानीय पत्रकारहरूले इजरायली हवाई आक्रमण र गोलाबारी जारी रहेको बताएका छन् । घरहरूको भग्नावशेषमुनि मानिसहरू दबिएको पनि रिपोर्ट आएको छ । इजरायली सेनाद्वारा नयाँ स्थलगत आक्रमणको कुनै आधिकारिक पुष्टि भएको छैन ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="