काठमाडौँ,६ असोज । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार पदभार ग्रहण गरेका छन्। शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाले।
पदभार ग्रहण समारोहमा मन्त्री खरेलले ६ महिनाभित्र सुशासन र पारदर्शिताको आधार तयार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “६ महिनाको लागि सञ्चारमन्त्री आएर कायापलट गर्न सम्भव छैन। तर भ्रष्टाचार नियन्त्रण गरेर सुशासनलाई देखिने र जनताले महशुस गर्ने गरी केही आधारहरू बनाउनु आवश्यक छ।”
उनले भ्रष्टाचार तत्कालै अन्त्य नहुने तर क्रमशः घटाउँदै लैजान सकिने बताउँदै, “सरकार निर्मम भएर काम गरिरहेको छ भन्ने अनुभूति जनतालाई गराउन सकिन्छ,” भने।
त्यसैगरी उनले राजनीतिक हस्तक्षेप र नेतामन्त्रीको चम्चागिरी नभए स्वतन्त्र र प्रभावकारी ढंगले अघि बढ्न सकिने पनि उल्लेख गरे।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस