after_navbar

चलचित्र ‘लज्जावती’को शुभमुहूर्त: छायांकन सुरु


असोज ०६, २०८२


काठमाडौँ,६ असोज । राजबहादुर सानेको निर्देशनमा बन्ने फिल्म ‘लज्जावती’ को शुभमुहूर्त सोमबार पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ। बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु गरिएको हो।

शुभमुहूर्त सट पटकथाकार प्रदीप भारद्धाजले निर्देशन गरेका थिए। कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएका थिए भने त्यसपछि निर्माता विकास जोशीले नरिवल फुटाएर छायांकनको औपचारिक सुरुवात गरेका थिए।

फिल्मको छायांकन पशुपति आर्यघाटलगायतका क्षेत्रमा ३० दिनसम्म चल्ने जनाइएको छ।

आहा फिल्म्सको व्यानरमा निर्माण हुने ‘लज्जावती’ का प्रस्तुतकर्ता सौरभ वली हुन्। फिल्मका निर्मातामा कमलप्रसाद शर्मा र सन्दीप रोकाया छन्। कार्यकारी निर्माता दीपक भण्डारी र सह-निर्माता भीमराज रोकाया हुन्। छायांकनको जिम्मेवारी दिव्यराज सुवेदीले लिएका छन्।

यस फिल्ममा माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायतका कलाकारको अभिनय रहनेछ। निर्माण टिमका अनुसार सम्पादन सकिएपछि मात्र फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस

data-href="