after_navbar

गुडिरहेको बसमा आगलागी, २० जनाको मृत्यु


असोज ३०, २०८२


काठमाडौ,३० असोज । पश्चिमी भारतको राजस्थान राज्यमा एक यात्रुबाहक बसमा भीषण आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले जनाएका छन्।

राजधानी जयपुरदेखि करिब ५ सय ५० किलोमिटर टाढा जैसलमेर जिल्लाको थैयत गाउँ नजिकै गुडिरहेको बसमा अचानक आगलागी भएको थियो। बसमा ५७ जना यात्रु सवार थिए।

अधिकारीहरूका अनुसार, बसको पछाडिको भागबाट धुवाँ निस्कन थालेपछि चालकले तुरुन्तै बस रोके पनि केही मिनेटमै आगोले सम्पूर्ण बसलाई जलाएको थियो। दुर्घटनामा परेकामध्ये केहीको अवस्था गम्भीर रहेको र घाइतेहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।

आगलागीको कारण स्पष्ट नभए पनि सर्ट सर्किटका कारण आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="