after_navbar

निर्वाचन भाँड्ने प्रयास नगर्नुहोस् : स्वास्थ्यमन्त्री डा. गौतम


कार्तिक ११, २०८२


काठमाडौ,१० कार्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले आगामी निर्वाचनलाई लक्षित गर्दै कुनै पनि राजनीतिक दलले निर्वाचन भाँड्ने प्रयास नगर्न आग्रह गरेकी छन्।

ad

सोमबार काठमाडौँस्थित ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँग भेट गरेपछि मन्त्री गौतमले सरकार हाल निर्वाचन तयारीमा केन्द्रित भएको बताउँदै त्यसको विरोधका नाममा आन्दोलन नगर्न सबै पक्षलाई सचेत गराएकी हुन् ।

उनले घाइतेहरूले अस्पतालका विकृति र बेथितिबारे जानकारी गराएको उल्लेख गर्दै ती समस्याको समाधानका लागि तत्काल सुधारका कदम चालिने प्रतिबद्धता व्यक्त गरिन।

मन्त्री गौतमले भनिन् ,- “बिरामीहरूको अवस्था हेर्दा निकै गाह्रो लाग्यो। मुलुक फेरि आन्दोलनमा नजाओस् भन्ने मेरो चाहना हो। जसले सरकारको विरोध गर्न खोज्नुभएको छ, चुनाव भाँड्न खोज्नुभएको छ, उहाँहरूलाई त्यस्तो नगर्न अनुरोध गर्दछु। जनआन्दोलनको मर्म नै विकृति र बेथिति हटाउने हो, त्यस दिशामा हामीले मिलेर काम गर्नुपर्छ।”

उनले मन्त्रालयका काम र उपलब्धि पारदर्शी ढङ्गले सार्वजनिक गरिने पनि बताइन् ।

यसअघि मन्त्री गौतमले सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूको अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । उनले अस्पतालले घाइतेहरूको उपचारमा कुनै कमी नगरेको उल्लेख गर्दै जेनजी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान नदिन सरकार प्रतिबद्ध रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="