after_navbar

काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालका दुई जित


कार्तिक २२, २०८२


काठमाडौ,२१ कार्तिक । श्रीलंकामा जारी काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपाली टोलीले एकै दिन दुई जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको हो।

नेपालले श्रीलंकालाई २५–१८, २६–२४, १९–२५ र २५–२० ले पराजित गर्‍यो भने माल्दिभ्समाथि सोझो सेटमा ३–० को जित हात पार्‍यो।

यसअघिको खेलमा भने नेपाल कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो। नेपालले २–१ सेटको अग्रता लिए पनि अन्तिम दुई सेटमा हार बेहोर्नु परेको थियो।

च्याम्पियनसिपमा कुल चार टोली सहभागी छन्। राउन्ड रोबिन चरणपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेल हुनेछ। कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि खेल आयोजना हुने तालिका छ।

प्रतिक्रिया दिनुहोस

data-href="