काबुल,२१ कार्तिक । पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान नागरिकलाई गत हप्तामा रिहा गरी स्वदेश फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पाकिस्तानको हिरासतमा रहेका ४३० जना अफगान नागरिकलाई दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाकामार्फत स्वदेश फर्काइएको हो।
यस्तै, विगत छ महिनादेखि इराकमा बन्दी बनाइएका अन्य तीन जना अफगानलाई पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसिम सीमा हुँदै स्वदेश पठाइएको बताइएको छ।
गत अक्टोबरको अन्त्यमा १७० जना अफगान नागरिक रिहा भई स्वदेश फर्किएका थिए। अफगान विदेश मन्त्रालयका अनुसार हाल दश हजारभन्दा बढी अफगान नागरिक विदेशी जेलमा रहेका छन्, जसमा अधिकांश इरान र पाकिस्तानमा बन्दी अवस्थामा छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस