दाङ ,३० कार्तिक । दाङमा स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किदा दुईजना घाइते भएका छन् । लमही–भालुवाङ सडकखण्डमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका–१ भालुवाङ पुलचोकका १८ वर्षीय समीर खान र पछाडि सवार १७ वर्षीय रविन नेपाली रहेका छन्। दुवैको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
उनीहरूलाई भालुवाङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
आइतबार बिहान राप्ती गाउँपालिका–४ पेट्रोल पम्प नजिक रा १ क १९८ नम्बरको चैतन्य पाठशाला स्कुल बस पश्चिमबाट पूर्वतर्फ गइरहेको बेला पूर्वबाट पश्चिमतर्फ आइरहेको रा २ प ४२९० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
स्कुल बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस