काठमाडौ,२ मंसिर । सोमवार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलवार सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई चार दिन हिरासतमा राख्न मिल्ने आदेश जारी गरेको हो।
प्रसाईंले मंसिर ७ गतेदेखि राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलन घोषणा गरेका थिए। प्रहरीले उनी सार्वजनिक शान्ति भंग हुनेगरी भड्किलो अभिव्यक्ति दिइरहेको आरोप लगाउँदै पक्राउ गरेको हो।
मंगलवार म्याद थप प्रक्रियाका लागि प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो। सो क्रममा उनले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको थाहा नभएको प्रतिक्रिया दिएका थिए।
प्रसाईंको पक्राउको विरोधमा उनका समर्थकहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।
प्रतिक्रिया दिनुहोस