after_navbar

लुम्बिनी लायन्ससंग चितवन राइनोज पराजित


मङि्सर ०५, २०८२


काठमाडौ,४ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पाँचौँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजमाथि ६ विकेटको शानदार जित हासिल गरेको छ।

चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। लक्ष्य पछ्याउने क्रममा छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका विदेशी खेलाडी गुलबदिन नाइबले २४ बलमा ३ चौका र ३ छक्कासहित अविजित ४४ रन बनाएर टिमलाई जितको नजिक पुर्‍याए, जसमा जेजे स्मितले अन्त्यमा उनको साथ दिए।

यसअघि कप्तान रोहित पौडेलले ४४ बलमा ३९ रन बनाउँदै इनिङ्स सम्हालेका थिए भने सन्दीप जोराले १८ बलमा २८ रन, डार्सी सर्टले ११ रन र दिलिप नाथले १० रनको योगदान दिएका थिए।

चितवनको बलिङतर्फ रिजन ढकालले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने सोहेल तनवीरले १ विकेट लिन सफल रहे। टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १४२ रन बनाएको थियो, जसमा इनिङ्सको दोस्रो बलमै डेभिड मलान बोल्ड भएपछि टिम दबाबमा परेको थियो।

दीपक बोहरा १० रन र देव खनाल १४ रनमा आउट हुँदा चितवन ४३/३ को अवस्थामा पुगेको थियो। संकटको घडीमा रवि बोपाराले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाएर टिमलाई उकासे, जसलाई कप्तान कुशल मल्लले १८ बलमा २१ रन र सैफ जैबले ७ बलमा १५ रन जोडेर थप मजबुत बनाए।

लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए भने नाइब र अभिषेक गौतमले २–२ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस

data-href="