after_navbar

युक्रेनी बालबालिकालाई तत्काल रिहा गर्न आह्वान


मङि्सर १, २०८२


काठमाडौ,१८ मंसिर ।संयुक्त राष्ट्रसंघीय महासभाले जबरजस्ती रूसमा लगिएका युक्रेनी बालबालिकालाई तत्काल र बिनासर्त फिर्ता गराउन आह्वान गरेको छ। महासभाले यो मुद्दा किभ र मस्कोबीचको सम्भावित शान्ति सम्झौतामा सबैभन्दा संवेदनशील विषय बनेको पनि जनाएको छ।

महासभाले जबरजस्ती स्थानान्तरण वा निर्वासनमा परेका सबै युक्रेनी बालबालिकाको तत्काल, सुरक्षित र बिनासर्त फिर्ता आवश्यक रहेको उल्लेख गर्दै प्रस्ताव पारित गरेको हो। उक्त प्रस्तावलाई ९१ देशले समर्थन गरेका छन् भने रूससहित १२ देशले विरोधमा मतदान गरेका र ५७ देश मतदानमा अनुपस्थित रहेका छन्।

महासभाले मस्कोलाई निर्दोष बालबालिकाको बलपूर्वक स्थानान्तरण, निर्वासन र परिवारबाट अलग गरिने प्रक्रिया रोक्न तथा पालन–पोषणका नाममा उनीहरूको कानुनी स्थिति परिवर्तन नगर्न आग्रह गरेको छ।

युक्रेनी उप–विदेशमन्त्री मारियाना बेत्साले महासभामा बोल्दै रूसले युद्ध सुरु भएदेखि कम्तीमा २० हजार युक्रेनी बालबालिका अपहरण गरेको दाबी गरिन्। उहाँले हालसम्म १ हजार ८५‍० भन्दा बढी बालबालिका युक्रेन फर्काइएका पनि जानकारी दिइन्।

बेत्साका अनुसार बालबालिकाको तत्काल र बिनासर्त फिर्ता नै युक्रेनमा न्यायपूर्ण शान्तिको मुख्य आधार हो।
यसको प्रतिक्रियामा रूसी उप–राजदूत मारिया जाबोलोत्स्कायाले प्रस्तावलाई अस्वीकार गर्दै आरोपहरू झूटो भएको दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस

data-href="