after_navbar

एनपीएल : लुम्बिनी र जनकपुर भिड्दै , दुबैलाई जित्नै पर्ने दबाब 


मङि्सर २०, २०८२


दाङ, १९ मंसिर । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा  आज लुम्बिनीले पहिलो चरणको अन्तिम खेलमा जनकपुर बोल्डसँग प्रतिस्पर्धा गर्दैछ। लुम्बिनी विरुद्ध जनकपुर बोल्स ब्याटिङमा उत छ भने लुम्बिनीले बलिङ गर्दैछ। लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान जान निको लफ्टी इटनले टस जितेर ब्याटिङ रोजेका छन्। दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण रहेको छ। लुम्बिनीले यो खेल जिते सिधै प्लेफमा पुग्न सक्छ भने जनकपुरले यो खेल जिते प्लेअफको सम्भावना जीवितै रहन्छ ।

जनकपुरले आजको खेलमा जान निको लफ्टी इटोनलाई कप्तानी जिम्मेवारी दिएको छ। जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। वायन पार्नेलको स्थानमा संगीत कुरे आएका छन्। 
लुम्बिनीले भने अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।लुम्बिनीले आजको खेल जितेमा प्लेअफमा स्थान पक्का गर्नेछ। लुम्बिनीले शीर्ष चारमा स्थान बनाएको अवस्थामा प्लेअफ समीकरण पूरा हुनेछ। लुम्बिनीले प्लेअफमा स्थान बनाएसँगै अन्य टोलीको सम्भावना पनि सकिनेछ। लुम्बिनी पराजित भए अन्य टोलीका लागि प्लेअफ बाटो खुला हुनेछ। लुम्बिनी भने बाहिरिनेछ।६ खेलबाट ६ अंक निकालेको लुम्बिनी लायन्स आज जित निकाल्दै प्लेअफमा सुरक्षित हुने लक्ष्यमा छ भने जनकपुर पनि प्लेअफको सम्भावना जीवितै राख्न गर या मरको स्थितिमा छ। ५ खेलबाट जनकपुरले हालसम्म १ जितसहित २ अंक मात्र बटुलेको छ। 
जनकपुर बोल्ट्स:  आशिफ शेख, शुभ कंसाकार, अनिल शाह, सचिन भट्ट, मयन यादव, आदित्य महतो, रुपेश कुमार सिंह, माज सदाकत, जान निकोल लफ्टी–इटोन, संजय कृष्णमुति, संगीत कोरे
लुम्बिनी लायन्सः रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान, निरोसन डिकोवेल्ला

प्रतिक्रिया दिनुहोस

data-href="