after_navbar

उपकुलपतिमाथि लगाइएका आरोप निराधार र भ्रामक: नेपाल संस्कृत विश्वविद्यालय


४ घण्टा अगाडि


दाङ,९ पुस। दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयले उपकुलपति प्रा।डा। धनेश्वर नेपालमाथि लगाइएका आरोपहरू कपोलकल्पित, प्रमाणहीन र भ्रामक भएको स्पष्ट पारेको छ।

ad

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. भोजराज जोशीले जारी गरेको विज्ञप्तिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को नाममा पुस ६ गते प्रकाशित विज्ञप्तिमार्फत् उपकुलपति प्रा.डा. नेपाल र कुलसचिव माधवप्रसाद अधिकारीमाथि लगाइएका आरोपहरू निराधार रहेको उल्लेख गरिएको छ।

पुस ६ गते बिहान उपकुलपति नेपालको निवासमै पुगेर मोसो दल्ने तथा कुटपिट गर्ने जस्ता दुर्व्यवहारका घटना भएका थिए। घटनापछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत् घटनाको जिम्मेवारी लिँदै उपकुलपति नेपालमाथि आठ बुँदे आरोप लगाएका थिए।

ती आरोपमध्ये विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीमाथि भ्रष्टाचारको अभियोग लागेको अवस्थामा उपकुलपति नेपालले रकम असुली पुनः रजिष्ट्रारमा सिफारिस गरेको भन्ने आरोपलाई शिक्षाध्यक्ष जोशीले पूर्ण रूपमा खण्डन गरेका छन्। उनले यस्ता दाबीहरू मिथ्या र कपोलकल्पित भएको बताएका छन्।

विज्ञप्तिमा शिक्षाध्यक्ष जोशीले पूर्वाग्रह, गलत सूचना र स्वार्थी तत्वबाट फैलाइएका अप्रमाणित स्रोतमा भरोसा नगरी सत्य र सही सूचनाका आधारमा धारणा बनाउन सबै पक्षलाई आग्रह गरेका छन्। साथै, प्राज्ञिक संस्थाको मूल्य, मर्यादा र गरिमा जोगाउन सहयोगी भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।

शिक्षाध्यक्ष जोशीले उपकुलपतिको निवासमा अनधिकृत प्रवेश गरी नेपाल कम्युनिस्ट पार्टी ९(बहुमत) तथा सोसँग सम्बद्ध विद्यार्थी संगठनका नाममा उपकुलपति प्रा.डा. नेपाल, उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित रूपमा गरिएको दुर्व्यवहार र आक्रमणको कडा निन्दा गरेका छन्।

घटनाले विश्वविद्यालयको शान्त, मर्यादित र शैक्षिक वातावरणमा प्रत्यक्ष असर पारेको जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायसँग माग गरिएको छ। साथै, विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विभिन्न पेसागत संगठनका प्रतिनिधिहरूले पनि घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन्।

नेपाल संस्कृत विश्वविद्यालय संस्कृत, संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा अध्ययन–अनुसन्धानमा निरन्तर सक्रिय ऐतिहासिक शैक्षिक संस्था भएको उल्लेख गर्दै यस्ता हिंसात्मक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने विज्ञप्तिमा भनिएको छ।

विश्वविद्यालयले सबै समस्या वार्ता, संवाद र सहमतिमार्फत समाधान सम्भव हुने विश्वास व्यक्त गर्दै शैक्षिक संस्थाको गरिमा, मूल्य र मर्यादा कायम राख्न सबै पक्षलाई संयम र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="