काठमाडौं, १० पुस। त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा १६ हजार तीन सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।
आज आयोजित समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्की सहित शैक्षिक क्षेत्रका व्यक्तिहरूले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका हुन् ।
विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहसमेत गरी कुल ८९ हजार एक सय एक जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन भइरहेको समारोहमा त्रिविको इतिहासमै पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ ।
कार्यक्रममा सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत विभिन्न प्राज्ञ र विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस