बुटवल। लुम्बिनी प्रदेश लोक सेवा आयोगले नयाँ नेतृत्व प्राप्त गरेको छ। आयोगले आज नवनियुक्त अध्यक्ष र सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको हो।
नवनियुक्त अध्यक्षमा पाल्पा निवासी हरिप्रसाद बस्यालले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अध्यक्ष बस्यालले उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीले समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
यसैगरी, आज नै आयोगका नवनियुक्त सदस्य ताराप्रसाद भुसालले अध्यक्ष बस्याल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। भुसाल अर्घाखाँची निवासी हुन्।
नवनियुक्त अध्यक्ष र सदस्य ले बिहीबार प्रदेश प्रमुख कार्यालय बुटवलमा आयोजित विशेष कार्यक्रममा सपथ ग्रहण गरेका हुन्।
सपथ समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर तथा मुख्य न्यायाधिवक्ता यमलाल खनाल को उपस्थिति रह्यो।
नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन, २०७६ अनुसार नियुक्त आयोगका अध्यक्षले कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ। सोही संवैधानिक प्रावधानअनुसार अध्यक्ष बस्यालले सपथ ग्रहण गरे।
यसैगरी, प्रदेश लोक सेवा आयोग ऐन, २०७६ बमोजिम आयोगका सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्ने व्यवस्था अनुसार नवनियुक्त सदस्य भुसाल ले अध्यक्ष बस्याल समक्ष सपथ ग्रहण गरेका हुन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस