काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिका ६६ वटा विश्वस्तरीय अन्तर्राष्ट्रिय संस्थाबाट अलग हुने निर्णयमा पुगेको छ। ट्रम्प प्रशासनले जलवायु परिवर्तन, श्रम, आप्रवासन तथा सामाजिक न्यायसँग सम्बन्धित एजेन्डा बोकेका संस्थाहरूलाई अमेरिकी हितविपरीत ठहर गर्दै सदस्यता त्याग्ने घोषणा गरेको हो।
अमेरिकाले छाड्न लागेका संस्थामध्ये ३१ वटा संयुक्त राष्ट्र संघअन्तर्गतका निकाय छन् भने ३५ वटा गैर–संयुक्त राष्ट्र संघीय संस्थाहरू रहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल–जजिराका अनुसार, यीमध्ये अधिकांश संस्थाहरू जलवायु, श्रम, आप्रवासन तथा सामाजिक समानतासम्बन्धी विषयमा केन्द्रित छन्। ट्रम्प प्रशासनले यस्ता संस्थाहरूलाई ‘विविधता’ र ‘वोक’ (सामाजिक अन्याय, विभेद र असमानताप्रति सचेत रहने) पहलसँग जोड्दै अमेरिकी हितविरुद्ध काम गरिरहेको आरोप लगाएको छ।
ह्वाइट हाउसका अनुसार अमेरिका सदस्यता त्याग्न लागेको संस्थाहरूको सूची यसप्रकार छः
३१ संयुक्त राष्ट्र संघीय संस्थाहरू
आर्थिक तथा सामाजिक मामिला विभाग
यूएन३१ संयुक्त राष्ट्र संघीय संस्थाहरू
आर्थिक तथा सामाजिक मामिला विभाग
यूएन आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) – अफ्रिकाका लागि आर्थिक आयोग
ECOSOC – ल्याटिन अमेरिका र क्यारिबियनका लागि आर्थिक आयोग
ECOSOC – एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (ESCAP)
ECOSOC – पश्चिमी एशियाका लागि आर्थिक तथा सामाजिक आयोग
अन्तर्राष्ट्रिय कानून आयोग
फौजदारी न्यायाधिकरणका लागि अन्तर्राष्ट्रिय अवशिष्ट संयन्त्र
अन्तर्राष्ट्रिय व्यापार केन्द्र
अफ्रिकाका लागि विशेष सल्लाहकारको कार्यालय
सशस्त्र द्वन्द्वमा बालबालिका सम्बन्धी महासचिवको विशेष प्रतिनिधिको कार्यालय
द्वन्द्वमा हुने यौन हिंसा सम्बन्धी महासचिवको विशेष प्रतिनिधिको कार्यालय
बालबालिका विरुद्धको हिंसा सम्बन्धी महासचिवको विशेष प्रतिनिधिको कार्यालय
शान्ति निर्माण आयोग (Peacebuilding Commission)
शान्ति निर्माण कोष
अफ्रिकी मूलका मानिसहरूका लागि स्थायी मञ्च
सभ्यतासम्बन्धी संयुक्त राष्ट्र संघ गठबन्धन (UN Alliance of Civilizations)
विकासशील देशहरूमा वन विनाश र वन क्षयबाट हुने उत्सर्जन कम गर्ने संयुक्त राष्ट्र संघीय कार्यक्रम (UN-REDD)
व्यापार र विकास सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (UNCTAD)
संयुक्त राष्ट्र संघीय लोकतन्त्र कोष
यूएन इनर्जी
लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि संयुक्त राष्ट्र संघीय निकाय (UN Women)
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय खाका महासन्धि (UNFCCC)
संयुक्त राष्ट्र संघीय मानव बस्ती कार्यक्रम (UN-Habitat)
प्रशिक्षण तथा अनुसन्धानका लागि संयुक्त राष्ट्र संघीय संस्थान (UNITAR)
यूएन ओसियन्स (महासागर)
संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (UNFPA)
परम्परागत हतियारहरूको संयुक्त राष्ट्र संघीय दर्ता
समन्वयका लागि संयुक्त राष्ट्र संघीय प्रणाली मुख्य कार्यकारी बोर्ड
संयुक्त राष्ट्र संघीय प्रणाली कर्मचारी कलेज
यूएन वाटर
संयुक्त राष्ट्र संघीय विश्वविद्यालय
पेरिस सम्झौता र यूएनएफसीसीसीबाट बाहिरिने निर्णय
सन् २०२५ जनवरीमा पुनः सत्तामा फर्किएपछि राष्ट्रपति ट्रम्पको पहिलो ठूला कदममध्ये एक पेरिस जलवायु सम्झौताबाट अमेरिका दोस्रो पटक बाहिरिने घोषणा थियो। उक्त निर्णय सन् २०२६ जनवरी २७ देखि लागू हुनेछ। त्यसपछि अमेरिका कार्बन उत्सर्जन कटौतीसम्बन्धी पेरिस सम्झौताका कानुनी प्रतिबद्धतामा बाँधिने छैन।
नयाँ मेमोरेन्डममार्फत ट्रम्प प्रशासनले पेरिस सम्झौताभन्दा अघि बढ्दै संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन रूपरेखा महासन्धि (यूएनएफसीसीसी) बाटै बाहिरिने लक्ष्य लिएको छ। पेरिस सम्झौता यही सन्धिमा आधारित भएकाले यूएनएफसीसीसीबाट बाहिरिएसँगै अमेरिका अन्तर्राष्ट्रिय जलवायु वार्ताको सम्पूर्ण संरचनाबाट अलग हुने देखिन्छ।
यद्यपि यूएनएफसीसीसी अमेरिकी सिनेटबाट अनुमोदित सन्धि भएकाले यसबाट एकपक्षीय रूपमा बाहिरिने प्रशासनको निर्णयले कानुनी चुनौतीहरूको सामना गर्नुपर्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्।
३५ गैर–संयुक्त राष्ट्र संघीय संस्थाहरू
२४/७ कार्बन-मुक्त ऊर्जा सम्झौता
कोलम्बो प्लान काउन्सिल
वातावरणीय सहयोग आयोग
शिक्षा पर्खन सक्दैन (Education Cannot Wait)
हाइब्रिड खतराहरू विरुद्ध लड्न युरोपेली उत्कृष्टता केन्द्र
युरोपेली राष्ट्रिय राजमार्ग अनुसन्धान प्रयोगशालाहरूको फोरम
फ्रीडम अनलाइन गठबन्धन
ग्लोबल कम्युनिटी एंगेजमेन्ट एण्ड रेजिलेन्स फन्ड
ग्लोबल काउन्टर टेररिज्म फोरम
साइबर विशेषज्ञता सम्बन्धी ग्लोबल फोरम
आप्रवासन र विकास सम्बन्धी ग्लोबल फोरम
ग्लोबल चेन्ज रिसर्चका लागि इन्टर-अमेरिकन इन्स्टिच्युट
खानी, खनिज, धातु र दिगो विकास सम्बन्धी अन्तरसरकारी मञ्च
जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल (IPCC)
जैविक विविधता तथा पारिस्थितिक प्रणाली सेवा सम्बन्धी अन्तरसरकारी विज्ञान–नीति मञ्च
सांस्कृतिक सम्पदाको संरक्षण र पुनःस्थापनाको अध्ययनका लागि अन्तर्राष्ट्रिय केन्द्र
अन्तर्राष्ट्रिय कपास सल्लाहकार समिति
अन्तर्राष्ट्रिय विकास कानून संगठन
अन्तर्राष्ट्रिय ऊर्जा फोरम
आर्ट्स काउन्सिल र संस्कृति एजेन्सीहरूको अन्तर्राष्ट्रिय महासंघ
लोकतन्त्र तथा निर्वाचन सहायताका लागि अन्तर्राष्ट्रिय संस्थान (International IDEA)
न्याय र कानूनको शासनका लागि अन्तर्राष्ट्रिय संस्थान
अन्तर्राष्ट्रिय सिसा तथा जस्ता अध्ययन समूह
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (IRENA)
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन
अन्तर्राष्ट्रिय उष्णकटिबंधीय काठ संगठन
प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (IUCN)
प्यान अमेरिकन इन्स्टिच्युट अफ ज्योग्राफी एण्ड हिस्ट्री
एटलान्टिक सहयोगका लागि साझेदारी
एशियामा जहाजहरू विरुद्धको डकैती तथा सशस्त्र चोरी विरुद्ध लड्ने क्षेत्रीय सहयोग सम्झौता
क्षेत्रीय सहयोग परिषद्
२१औँ शताब्दीका लागि नवीकरणीय ऊर्जा नीति नेटवर्क
युक्रेनमा विज्ञान तथा प्रविधि केन्द्र
प्रशान्त क्षेत्रीय वातावरणीय कार्यक्रमको सचिवालय
युरोप काउन्सिलको भेनिस आयोग
केही निकायमा अमेरिका यथावत
ट्रम्प प्रशासनले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्, विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) र संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) मा भने अमेरिका यथावत रहने स्पष्ट गरेको छ। यी निकायहरूले सुरक्षा र मानवीय सहायता क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सदस्यता कायम राख्ने निर्णय गरिएको जनाइएको छ।
अमेरिकाको यो कदमले विश्वव्यापी जलवायु अभियान, अन्तर्राष्ट्रिय सहकार्य र विकासशील मुलुकहरूमा गम्भीर प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस