after_navbar

अमेरिकी चेतावनीपछि इरानले रोक्यो मृत्युदण्ड


माघ ०२, २०८२


काठमाडौं ,१ पुस । अमेरिकी चेतावनीपछि इरानले एक प्रदर्शनकारीलाई दिइने भनिएको मृत्युदण्ड रोकेको छ। इरानको न्यायपालिकाले इरफान सोल्तानीलाई मृत्युदण्ड नदिइने स्पष्ट पारेको हो।

राज्य सञ्चालित इरानी प्रसारण एजेन्सीले न्यायपालिकालाई उद्धृत गर्दै जनाएअनुसार इरफान सोल्तानी जनवरी १० मा भएको अशान्तिका क्रममा पक्राउ परेका थिए।

उनीमाथि देशको आन्तरिक सुरक्षाविरुद्ध भेला भएको, षड्यन्त्र गरेको र शासनविरुद्ध प्रचार गतिविधि गरेको आरोप लगाइएको छ। हाल उनी कारज केन्द्रीय कारागारमा रहेका छन्।

बीबीसी फारसीका अनुसार न्यायपालिकाले अभियोजन पक्षले आरोप प्रमाणित गरे र सक्षम अदालतले फैसला सुनाएमा कानुनी सजाय कारावास हुने स्पष्ट पारेको छ। न्यायपालिकाले यी आरोपका लागि मृत्युदण्डको व्यवस्था कानूनमा नरहेको पनि जनाएको छ।

यसअघि इरफान सोल्तानीका एक आफन्तले बीबीसी फारसीलाई बताएअनुसार उनलाई अदालतले दुई दिनभित्रै मृत्युदण्डको सजाय सुनाएको जानकारी परिवारलाई जनवरी १४ मै दिइएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कुनै पनि प्रदर्शनकारीलाई मृत्युदण्ड दिएमा त्यसविरुद्ध अमेरिकाले कडा कदम चाल्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="