काठमाडौँ,५ माघ । स्पेनमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको सख्ँया ३९ पुगेको छ । तीव्र गतिकोा कारण भएको रेल दुर्घटना हुँदा ७३ जना गम्भीर घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको स्पेनका यातायातमन्त्री अस्कर प्वेन्टेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
रेल्वे सञ्जाल सञ्चालक अडिफका अनुसार ३ सय जना यात्रुसहित मालागाबाट मड्रिडतर्फ गुडिरहेको उच्च गतिको रेल आफ्नो लिकबाट उछिट्टिएर अर्को ट्र्याकमा पुगेको थियो । त्यसरी उछिट्टिएको रेल मड्रिडबाट झन्डै १ सय जना यात्रु लिएर वेल्भातर्फ गुडिरहेको अर्को रेलसँग ठोक्किएको छ ।
दुर्घटनाको कारणबारे अहिलेसम्म आधिकारिक रूपमा केही सार्वजनिक भएको छैन । अनुसन्धान गर्न कम्तीमा एक महिना लाग्न सक्ने प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस