काठमाडौँ, ७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसइईको परीक्षा तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डअन्तर्गतका सबै विषय तथा २६ गते ऐच्छिक द्वितीय खण्डअन्तर्गतका सबै विषयको परीक्षा सञ्चालन गरिनेछ।
बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार चैत २७, २८ र २९ गते प्राविधिक धारअन्तर्गतका बाँकी विषयहरूको परीक्षा हुनेछ।
यस वर्ष फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तय भएकाले एसइई परीक्षा गत वर्षको तुलनामा १२ दिन ढिलो सञ्चालन हुन लागेको हो। गत वर्ष एसइई परीक्षा चैत ७ गतेदेखि सुरु भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस