दाङ,१५ माघ । ‘मुलुकमा अब शिक्षा र स्वास्थ्यसँगै रोजगारीको वातावरण पनि सुन्दर बनोस्। आज नभए भोलि अवश्य बनोस्। सरकारको नेतृत्व गर्नेहरूले स्मार्ट सहर र त्यसका अवधारणाको पूर्ण कार्यान्वयन गरून्।’–ज्ञानज्योतीका विद्यार्थीहरु ।विद्यालयको वार्षिकोत्सवका अवसरमा ज्ञानज्योती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु जसले आफ्ना सिर्जनाहरुलाई देशको भविष्यसंग जोडेका थिए।
प्ले ग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीहरुले फरक–फरक समुहमा विद्यालय परिसरभित्र ज्ञान, सिर्जना र कल्पनाले भरिएको प्रदर्शनी गरेका थिए। प्रदर्शनीमा सरस्वतीको मूर्ति, स्मार्ट सिटीको परिकल्पना, संस्कार र संस्कृति झल्कने सिर्जनाहरू, जिल्लाको भौगोलिक अवस्था, आधुनिक शिक्षण–सिकाइका पद्धतिहरू लगायत थुप्रै सामग्रीहरू राखिएको थियो।
कक्षा ६ मा अध्ययनरत प्रतीक खरालको नेतृत्वमा रहेको टोलीले आफ्ना कलात्मक सिर्जनाहरू प्रस्तुत गर्दै तिनको महत्व र आवश्यकता बारे दर्शकलाई जानकारी गराएको थिए। बालबालिकाले परम्परागत सामग्री प्रयोग गरी तयार पारेका संरचनाले स्थानीय पहिचान, मौलिकता र संस्कृतिको सुन्दर प्रस्तुति दिएको थियो।
ज्ञानज्योती फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई असल संस्कार, प्रविधिको सदुपयोग र जीवन सिकाईका बारेमा जानकारी गराइएको थियो।
कार्यक्रममा महाशाखा प्रमुख भण्डारीले वर्तमान अवस्थामा संस्कार सहितको शिक्षा महत्वपूर्ण रहेको बताएका थिए। प्रविधिको सहज उपलव्धता र त्यसको व्यापक प्रयोगले बालबालिकाहरु कुलतमा फस्ने, गलत क्रियाकलापमा सक्रिय रहने जोखिम बढेकाले यसतर्फ अभिभावक सजक बन्नुपर्ने उनको सुझाव थियो । ज्ञान ज्योती विद्यालयले शिक्षाक्षेत्रमा पु¥याएको योगदानको प्रंशसा समेत गरे।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका डा. चिन्तामणि योगीले अभिभावकलाई आफ्ना सन्तान विदेश पठाउने मेनपावर नबन्न आग्रह गरे। देशमै प्रशस्त सम्भावना र अवसर रहेको उल्लेख गर्दै उनले जीवन बुझ्न सक्ने शिक्षा दिन शिक्षक र अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। विद्यालयले शिक्षा मात्र नभई संस्कार, नेतृत्व र जिम्मेवार नागरिक निर्माणमा जोड दिँदै आएको उनले भनाई थियो । ‘कागजमा पढेर मात्र हुँदैन, अभिभावकलाई सम्मान गर्न सक्ने वातावरण निर्माण गर्नु आजको मुख्य आवश्यकता हो।’– उनले भने ।
सो अवसरमा विद्यालयको शैक्षिक उनन्यनमा योगदान पु¥याएको भन्दैसन्दीप लामिछानेलाई नगद ११ हजार ५०५ रुपैयाँसहित सम्मान गरिएको थियो। हाल ज्ञानज्योती विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म करिब एकहजार ६ सय विद्यार्थी अध्ययनरत छन्। कार्यक्रममा शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस