after_navbar

डिभाईन फाउन्डेसनमा व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि प्रशिक्षण


३ घण्टा अगाडि


दाङ, १८ माघ । डिभाइन फाउन्डेसन तुल्सीपुर दाङले आज तुल्सीपुरमा एक कार्यक्रम आयोजना गरी डिभाइन मन्टेश्वरी तथा डिभाइन पाठशालाका अभिभावकहरूका लागि व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। डिभाइन मन्टेश्वरीकी प्रिन्सिपल कोर्डिनेटर बिन्दु न्यौपानेको सभापतित्व तथा Inspirer Foundation सिईयो इन्द्र कुमार प्रसाईंको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
प्रशिक्षण कार्यक्रममा डिभाइन फाउन्डेसनका सीइओ भोजराज न्यौपाने, सञ्चालक कोर्डिनेटर ओमप्रकाश न्यौपाने, रिना रेग्मी, सिमा महरा, सारदा अधिकारी, जनसम्पर्क अधिकारीका फल्कुनन्द अधिकारी लगायत शिक्षक शिक्षिकाका साथै सयौं अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
डिभाइन फाउन्डेसनका सिईयो भोजराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन डिभाइन मन्टेश्वरी विद्यालयकी शिक्षिका सुजता डाँगीले गरेकी थिइन्।
प्रमुख अतिथि तथा प्रशिक्षक इन्द्रकुमार प्रसाईंले अभिभावकत्व केवल सन्तान जन्माउने कार्यमा सीमित नरही १८ वर्षसम्मको जिम्मेवारीपूर्ण यात्राजस्तै भएको उल्लेख गरे। उनले भने, “छोराछोरी जन्माउने बित्तिकै १८ वर्षे जिम्मेवारी अर्थात जागिर सुरु हुन्छ। त्यो अवधिमा जसरी सन्तानलाई हुर्काइन्छ, १८ वर्षपछि त्यही व्यवहार छोराछोरीबाट अभिभावकतर्फ फर्केर आउँछ।”
उनले मनोविज्ञानको दृष्टिकोण प्रस्तुत गर्दै उद्देश्यसहितको आनन्द नै सन्तान हुर्काउने आधार भएको बताए। “शरीरभन्दा शक्तिशाली दिमाग हुन्छ र दिमागभन्दा शक्तिशाली मन हुन्छ,” भन्दै उनले अभिभावकहरूले डिजिटल फास्टिङको अभ्यास गर्नुपर्नेमा जोड दिए। संस्कारमा लगानी गरे सम्पत्तिमा लगानी गर्न नपर्ने धारणा पनि उनले व्यक्त गरे।
कार्यक्रममा आयोजक पक्षले तुलसिपुर क्षेत्रमा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरू निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै सामाजिक तथा आर्थिक व्यस्तताका कारण कतै आफ्ना बालबालिकामाथि अन्याय त भइरहेको छैन भन्ने विषयमा अभिभावकले आत्ममूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमको समापन गर्दै डिभाइन मन्टेश्वरीकी प्रिन्सिपल बिन्दु खनाल न्यौपानेले यस्ता अभिभावक केन्द्रित कार्यक्रमहरू विगतदेखि सञ्चालन गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। साथै उनले उपस्थित सम्पूर्ण अभिभावकहरू तथा प्रशिक्षक इन्द्रकुमार प्रसाईंप्रति धन्यवाद व्यक्त  गरिन्।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="