after_navbar

सुनचाँदीको मूल्यमा गिरावट


४ घण्टा अगाडि


दाङ,९ चैत ।नेपालको बजारमा सोमबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको छ।

ad

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ तोकिएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।


सुनसंगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="