काठमाडौ,९ चैत ।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
उनले आज सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि बनेको कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका छन्।
“आयोगले प्रतिवेदन बुझाएको धेरै भइसक्यो, तर सार्वजनिक नगरी लुकाएर राख्नु विडम्बना हो, यसले आशंका बढाएको छ,” उनले भने। सरकारले प्रतिवेदन सार्वजनिक गर्नु आफ्नो दायित्व भएको पनि उनले बताए।
महामन्त्री पौडेलले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पनि प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराए।
प्रतिक्रिया दिनुहोस